अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनद्वारा संविधान दिवसको शुभकामना

Ad
  • कालोपाटी सम्बाददाता
नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुभकामना व्यक्त गरेका छन्  ।
उनले भनेका छन् , अमेरिकी सरकार तथा सम्पूर्ण जनताहरूको तर्फबाट सेप्टेम्बर १९को दिन आफ्नो संविधान दिवस मनाइरहेका  सम्पूर्ण नेपालीहरूमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
संदेश मार्फत गएको बर्ष दुई देशबिचको सम्बन्ध अझै सुमधुर भएको र  दुई देशले समान प्रकृतिका चुनौतीको सामना गरीरहेको बताए । विशेषगरी कोभीड१९ को महामारी विरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर कामगरेको भन्दै झन्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धमा हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको र सम्बन्धको खुलेर प्रशंसा गर्नचाहेको जिकिर गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्