नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

वडा अधिवेशन हुन नसकेका २० जिल्लामा स्थानीय तह अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले ५ असोजमा बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दुई दिनपछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने बताए ।

‘शनिबार प्राप्त हुने भनेको १३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन । नामावली प्राप्त भएको कम्तिमा पाँच दिन निर्वाचन समितिलाई आवश्यक पर्छ’, यादवले भने, ‘आज सबै क्रियाशील सदस्यताको सूची प्राप्त भए पनि ५ गते वडा अधिवेशन गर्न असम्भव छ ।’ वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने यादवले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्