निजामती कर्मचारी संगठनले राष्ट्रिय अधिवेशन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिन आइतबार काठमाडौं पत्रकार सम्मेलन गर्दै संगठनले हालै सम्पन्न भेलाले राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको र अधिवेशनमा सवैलाई एकतावद्ध भएर अघि बढ्ने जनाएको हो ।

संगठनका अध्यक्ष केदार देवकोटाले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह–संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । उनले निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको बताए । कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले दावी गरे ।

उनले सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफुहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्