पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको बिघटन गरे: प्रचण्ड

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि झूठ बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताएका छन्  ।

सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा प्रचण्डले पदका लागि नै पार्टीलाई धोका दिएकै कारण नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताएका हुन्  । बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउदै प्रचण्डले ओली नाटक गर्न निकै सिपालु गरेको तर्क गरे ।

उनले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको बिघटन गरेको र ओलीसंग संगत गर्दा जलन भएको उल्लेख गरे । उनले राष्ट्र र जनताप्रति निष्ठावान हुँदै पार्टीलाई अघि बढाइने धारणा राखे । उनले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिवद्धता जनाए । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सवै षडयन्त्रलाई असफल बनाउने उनको भनाई छ ।

प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुती गर्ने सहिदहरु र अग्रजहरु पार्टीका लागि गर्वको बिषय भएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्