प्रचार छुटको भए पनि गोदाममा चामल छैन

Ad
  • कालोपाटी सम्बाददाता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा रु पाँच छुट दिने निर्णय गरे पनि चामलको अभाव भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । “रेडियो, टिभीबाट प्रतिकिलो रु पाँच छुट थाहा पाएका सर्वसाधारण चामल लिनका लागिआउछन् , हामीसँग चामल नै छैन के दिनु ?”, उनले भने ।

सरकारले देशका सुविधासम्पन्न ठाउँमा सुपथ मूल्य पसल स्थापना गरेर सेवा प्रवाह गरे पनि डोल्पालगायत जाजरकोटका सर्वसाधारणलाई त्यो सुपथ मूल्य पसलले छुन सकेको छैन । जहाँ सुविधासम्पन्न ठाउँ छन् त्यही नै सुपथ मूल्य पसल छन् । दुर्गमका जनताका लागि केही पनि सेवा नभएको डोल्पा ठुलीभेरी नगरपालिका–३ डिलाराम थापाले बताउनुभयो । उनलेभने , “जहाँ सुगम छ, त्यही सरकार छ, हाम्रामा जति पैसा तिरेर खाद्यान्न खरिद गर्छौँ भन्दा पनि चामल पाइँदैन के गर्नु ?, वर्षामा भत्किएका सडकसमेत सञ्चालन भएका छैनन् ।”

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुन थालेको छ । पुरानो अन्न सकिएको र नयाँ अन्न पाकिनसकेकाले खाद्यान्न सङ्कट भएको हो । दुनैमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले समस्या परेको समयमा मात्र उपलब्ध गराउने भन्दै थोरै चामल सुरक्षित गरी राखेको छ । गाउँका सबै डिपो रित्तो अवस्थामा छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्