काठमाडौं महानरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय आइतबारबाट खुल्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु खुल्ने भएका छन् । महानगरलगायत देशभरका विद्यालय कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेका विद्यालय आगामी आइतबारबाट खुल्ने भएका हुन् ।

बुधबार बसेको महानगर शिक्षा समितिको वैठकले स्वाथ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘सबै विद्यालय खोल्नैपर्छ भन्ने छैन, तर वैकल्पिक शिक्षा प्रभावकारी बनाउन नसकेका विद्यालयले भौतिकरुपमा पढाइ अघि बढाउन सक्छन् ।’

विद्यालयले अभिभावकहरुको समर्थन लिएर भौति रुपमा कक्षा सञ्चालन गर्न सक्ने सुवेदीको भनाइ छ । विद्यालयले अभिभावकसँग छलफल गरेर खोल्ने निर्णय गरेपछि उक्त निर्णयअनुसारको कार्ययोजना बनाएर महानरपालिकामा पेश गरेपछि मात्र विद्यालय खोल्न पाउने उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्