विनियोजन विधेयक, २०७८ राष्ट्रियसभा बैठकद्वारा पारित

Ad
  • कालोपाटी सम्बाददाता

राष्ट्रियसभा बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए  । त्यस्तै बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए  । त्यसअघि बैठक प्रारम्भ हुनसाथ एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । बैठकमा एमाले राष्ट्रियसभा सदस्य कोमल ओलीले सभामुख अग्नि सापकोटाको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै सभामुखले राजीनामा नदिएसम्म समस्याको समाधान नहुने बताउनुभएको थियो ।

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले संसदमा देखिएको गतिरोधको अन्त्य गर्न प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन्  ।

एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर विरोध गरिरहेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्