अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसक्ने नेकपा एकीकृत समाजवादीको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा पारित गर्न नसक्ने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय हित अनुकुल बनाएर मात्र एमसीसीका विषयमा अघि बढ्न सक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै सचिव जगन्नाथ खतिवडाले एमसीसी राष्ट्रिय हित अनुकूल नभएकाले आजकै अवस्थामा पारित गर्न नसकिने बताए । उनले भने, ‘राष्ट्रिय हितअनुकूल बनाएर राजनीतिक सहमति कायम गरेर मात्र अघि बढ्न सकिन्छ । अन्यथा आजकै अवस्थामा पारित गर्न सकिँदैन ।’

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्