सामान्य अंकले बढ्यो सेयर बजार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले बढेको छ । २.७० अंकले बढेर बिहीबार नेप्से परिसूचक २८१९.६५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचांक १.९३ अंकले बढेर ५३०.०२ को बिन्दुमा पुगेको छ ।

बिहीबार १३ वटा उपसमूहमध्ये ११ उपसूमहको सूचांक भने गिरावट आएको छ । बैंकिङ र फाइनान्स समूहमा मात्र वृद्धि भएको छ । बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहको ले गुमाएको छ । लगातार घटिरहेको सेयर बजार मंगलबार, बुधबार र बिहीबार बढेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्