धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस पार्टी कार्यालयमा धर्ना

nepali_congress
Ad
  • कालोपाटी सम्बाददाता

क्रियाशिल विवाद समाधान गर्नुपर्ने मागसहित धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा नारावाजीसहित बिरोध गरेका छन् ।

बिहीबार सानेपामा कांग्रेस संस्थापन इतर समूहको नेताहरुसहित कार्यकर्ताहरुले नारावाजीसहित बिरोध जनाएका हुन् । कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी थिए । मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको उनीहरुको आरोप छ ।

प्रदर्शनमा सहभागीहरुले विधान सम्मत क्रियाशील लागू गर्नुपर्ने, गुण्डागर्दी बन्द गर्नुपर्ने लगाएतका नारा लगाएमा थिए । त्यस्तै कांग्रेस नेता शेखर कोइराला प्रदेश दुईका ८ जिल्लाका क्रियाशिल विवाद टुङ्गो लगाउन नसकेको अवस्थामा धर्नामा बसेकामाथि नै हातपात हुने घटन सह्य नहुने बताए । पार्टी कव्जा गर्ने उदेश्यले जिल्ला जिल्लामा गुण्डागर्दी बढेको उनले बताए ।

त्यस्तै कांग्रेस नेता अमरेशकुमार सिंहले कार्यकर्ता कुट्ने मन्त्रीलाई कारवाही गर्न माग गर्नुभयो । क्रियाशील सदस्यताको टुंगो नलाग्दा कांग्रेसको महाधिवेशन कार्यतालिका नै प्रभावित भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्