हाम्रो सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोज्यो : अध्यक्ष केपी ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने बताएका छन्  ।

एमाले उपत्यका कमिटीले बिहीबार काठमाडौंमा गरेको भेलामा ओलीले एमालेमा विभाजन ल्याउने प्रयास हुन सक्ने भन्दै सजक हुनुपर्ने बताएका हुन्  । उहाले एमालेलाई सिद्धाउन खोजे पनि अझै सशक्त र एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै गठबन्धन दलको आलोचना गरे  ।

उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने दावी पनि गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोजेको धारणा राखे ।

उनले आफू नेतृत्वको सरकारले देशको बिकासका लागि गरेको काम देख्न नसकेर हटाइको उल्लेख गरे । अध्यक्ष ओलीले माधव नेपालको पार्टीले संरचना निर्माण गरेको सुनेको भन्दै संरचनामा बस्ने मान्छेको अभाव हुने टिप्पणी गरे । सरकारले बाडेको मेडलको बारेमा आफुले गरेको टिप्पणीलाई अपव्याख्या गर्ने प्रयास गरेको भन्दै ओलीले एमालेले सत्ताको दुरुपयोग गर्न नजानेको प्रष्टिकरण दिए ।

ओलीले पार्टीलाई सशक्त बनाउदै अघि बढाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा एमालेका नेताहरुले पार्टीलाई कसैले पनि कमजोर बनाउन नसक्ने धारणा राखेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्