मोहम्मद आफताव आलमले दायर गरेको रिट ‘हेर्न नमिल्ने’मा

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली काँग्रेसका नेतासमेत रही मन्त्री समेत भइसकेका  मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको सम्युक्त इजलासले  सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।

उनको रिट निवेदनमा  पटक पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । उनि विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका थिए। उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। तर पक्राउपछि भने उनको सांसद पद निलम्बित छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्