डन्डी उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्न सक्छ: किरणप्रकाश साख

Ad
  • कालोपाटी सम्बाददाता

सरकारले प्रतिस्थापन अध्यादेशमार्फत छड उत्पादन गर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार शून्य बनाउनुका साथै आयातीत स्टिल बिलेटमा अन्तःशुल्क बढाएको भन्दै रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले आपत्ती जनाएका छन्  ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन उहाले बिलेट आयात गरेर डन्डी उत्पादन गर्दा स्वतः महँगो पर्न जाने बताउँदै बहुसंख्यक डन्डी उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने बताए । मुलुकमा साना–ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरू रहेका र जसमध्ये ६ वटा उद्योगले मात्र बिलेट उत्पादन गर्दै आइरहेको साःखको जिकिर छ । उद्योगहरूले बिलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकिलो पाँचदेखि ६ रुपैयाँसम्म महँगो पर्ने हुनाले ग्राहकलाई प्रत्यक्ष मर्का पर्ने र उद्योग समेत धरासयी हुने उनले बताए ।

उनले बैंकिङ एशोसिएसनका अध्यक्षलाई फोन गरेर अहिले सरकारले ल्याएको नीति निरन्तर रह्यो भने आफूहरु ब्याज तिर्न सक्ने अवस्था नहुने कुरा जानकारी गराएको बताए । उहाले कुनैपनि कोणबाट यो सुविधा दिएर मुठ्ठीभरका केही व्यवसायीहरुलाई प्रोत्साहन दिने र बाँकीलाई मर्न बाध्य पार्ने र करिब डेढ सय अर्बको लगानीलाई माटोमा मिलाउने काम गर्न दिन नहुने धारणा पनि राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्