नेकपा एमाले बैठक : प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि उठेका प्रश्नको उत्तर दिँदै नेतृत्व

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानको भवनमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकको तेस्रो दिन आइतबार बैठकमा प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ नेतृत्वले दिइरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । ती प्रतिवेदनहरुमाथि शनिबार १० वटा समूहमा छलफल भएको थियो । सबै समूहले आफ्नो निष्कर्ष शनिबारै प्रस्तुत गर्दै तीन वटै प्रतिवेदनमा व्यापक परिवर्तनको सुझाव दिएका थिए । दुई दिन चल्ने भनिएको बैठक आइतबार तेस्रो दिनसम्म लम्बिएको छ । आइतबारै बैठक सकिने जनाइएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्