कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ ।

शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन् । नगर उपसभापतिमा देवराज जोशी र हरिसिंह कुँवर चयन हुनुभएको छ । नगर सचिवमा हिमालय चन्द र हरेन्द्रकुमार भण्डारीलाई चयन गरिएको छ । यसैगरी सहसचिवमा तारादत्त अवस्थी र ध्रवराज पन्त चयन हुनुभएको छ । सदस्यसमेत सहमतिकै आधारमा छिनोफोनो गरिएको छ । कोषाध्यक्ष पदका लागिसमेत सहमतिकै आधारमा नेतृत्व चयन गरिने नेपाली कांग्रेस शुक्लाफाँटाका निवर्तमान सभापति जयबहादुर बिष्टले बताउनुभयो ।

भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित हुनुभएको छ । कलौनी निकटतम प्रतिद्वन्द्वी आशिष खत्रीलाई १२३ मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित हुनुभएको छ । कलौनीले २५० र खत्रीले १२६ मत ल्याउनुभएको थियो । उपसभापतिमा क्रमशः दिपेन्द्रसिंह विष्ट २३२, सुशील भट्ट २५५, सचिवमा क्रमस, नितु भट्ट ९भण्डारी० २२६, शाहिल भट्ट २०१, सहसचिवमा क्रमशः केशवदत्त पाण्डे २५५ र नारायण पन्त १७६ मत ल्याई विजयी हुनुभएको छ ।

बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु निर्वाचित हुनुभएको छ । शाहु आफ्ना निकटतम प्रतिद्वन्द्वी पुष्पराज भट्टलाई सात मतको अन्तरले हराउँदै नगर सभापतिमा निर्वाचित हुनुभएको छ । शाहुले ७८ र भट्टले ७१ मत ल्याउनु भएको थियो । उपसभापति पदमा क्रमशः चन्द्र कुँवर ९१, भोजराज भट्ट ७४, दिलुप्रसाद बोहराले ६१, मथुरा चन्दले ४९ मत, सचिव पदमा सुवास मल्ल ७२ मत, अमृत बोहरा ७६, पवन नेपाली, ५७ मत, सहसचिव पदमा भुवन अर्याल ८३, लक्ष्मीदेवी पातली ८०, तीर्थराज उप्रेती ६७ र शेरबहादुर ऐरले ५८ मत ल्याएर विजयी हुनुभएको छ ।

कृष्णपुर नगरसमितिको सभापतिमा विष्णु खड्का निर्विरोध चयन हुनुभएको छ । कांग्रेसको १४औँ नगर सभापतिमा खड्का एक्लैको उम्मेदवारी परेपछि उहाँ निर्विरोध चयन हुनुभएको हो । नगर उपसभापतिमा प्रकाश खड्का र गजेन्द्रसिंह धामी चयन ह्नुभएको छ । नगरसचिवमा सहमति हुननसकेपछि चुनावी प्रक्रियाद्वारा पदाधिकारी चयन गरिएका छन् । सचिव पदमा राजबहादुर रोकाया र सुरत महता चयन भएका छन् । रोकायाले कूल १२४ मत र महताले ९८ मत पाउनुभएको थियो । यसैगरी सहसचिवमा शोभा खुना र राकेश महरा चयन हुनुहभएको छ । नेपाली कांग्रेस लालझाडीको गाउँसमितिको सभापतिमा श्रीकृष्ण राना निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी राजेश राना दोब्बर मत अन्तरले पराजित हुनुभएको हो । निर्वाचित रानाले ६३ र राजेशले २७ मत ल्याउनुभएको थियो । गाउँसमितिको उपसभापतिमा वीरबहादुर विष्ट, लक्ष्मण राना, सचिवमा रमेश विष्ट, मेघ राना, सहसचिवमा शिवनारायण चौधरी र रामबहादुर चौधरी निर्वाचित हुनुभएको छ ।

बेलडाँडी गाउँसमितिको सभापतिमा गजबहादुर विष्ट निर्वाचित हुनुभएको छ । निर्वाचनमा खसेको ८५ मतमध्ये गजबहादुरले ४५ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी पृतबहादुर विष्ट रहनुभएको थियो । उप सभापतिमा टीकासिंह खड्का ४३ र ठगना राना ४० मतका साथ निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा विजयी धनबहादुर रोकाया र सचिवमा कुलैराज उपाध्याय विजयी हुनुभएको छ । सहसचिवमा भने देशुराम चौधरी र नरेशसिंह धामी विजयी हुनुभएको छ ।

बेलौरी नगर सभापतिमा पेपुराम चौधरी निर्वाचित हुनुभएको छ । चौधरी ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी विक्रम चन्दले ८० मत प्राप्त गनुभएको थियो । उपसभापतिमा दीपकसिंह विष्ट ९६ र योगबहादुर चन्द ८६ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा कन्हैया राना ८५ र भूपेन्द्रबहादुर शाही ८९ मतसहित निर्वाचित हुनुभएको छ । त्यसैगरी सहसचिवमा राजेन्द्रसिंह राय ८७ र नरेन्द्रसिंह विष्ट ८१ मतसहित निर्वाचित भएको मतदान अधिकृत जनकबहादुर चन्दले जानकारी दिनुभयो ।

पुर्नवास नगर कार्यसमितिको सभापतिमा शुकबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङ निकटम प्रतिद्वन्दी दिलबहादुर बोहरालाई १० मतलेपछि पार्दै विजयी हुनुभएको हो । उपसभापतिका उम्मेदवार खगेन्द्र ओझा ८९ र नगेन्द्र श्रेष्ठले ७९ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी सचिव पदका उम्मेदवार परी रावल ८० र चन्द्रमणि गैरे ७७ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिवका उम्मेदवार रामकुमार रानाले ७५ र लौटन राना ७२ मत ल्याएर विजयी हुनुभएको छ । दोधारा चाँदनी नगरसभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मल्लको नेतृत्वमा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । निर्वाचन अधिकृत धर्मराज पण्डितका अनुसार उपसभापतिमा रामकृष्ण जोशी, कर्णबहादुर सिंह सचिवमा महेन्द्र विष्ट, दिलबहादुर सिजाली तथा सहसचिवमा रमेश भण्डारी र कुशालसिंह साउद निर्विरोेध चयन हुनुभएको छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्