थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी, ९ संक्रमितको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १ सय ४ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संंख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १२ सय ७९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६१ हजार १ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १९ हजार १ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्