बाराको बरियारपुर बजारमा आगलागी , २ लाख ४० हजार मूल्य बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । बारामा आगलागी भएको छ । महागढीमाई नगरपलिका(१ बरियारपुर बजारमा आगलागीहुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तीन वटै पसलमा गरी अन्दाजी दुई लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्