काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिन थालियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई आजबाट कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो ।

खोप लगाउनका लागि काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । तीन दिनसम्म खोप दिने तयारी रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्