पोखराका लागि उडेको बुद्ध एयरको अर्को विमानपनि काठमाडौं फर्कियो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार बुद्ध एयरका दुईवटा विमानमा समस्या देखिएपछि गन्तव्यमा अवतरण गर्न नसकि काठमाडौं फर्किएका छन् । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको थियो । त्यस्तै काठमाडौंबाट पोखराका लागि उडेको अर्को विमानमा पनि समस्या देखिएपछि काठमाडौं फर्किएको छ ।

दुबै विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जे शेर्पाले जानकारी दिए । उनका अनुसार पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ कलसाइनको विमान काठमाडौं फर्किएको हो । सो विमानको ककपिटमा धुवाँ देखिएको थियो ।

ककपिटमा धुँवा आएपछि चालकले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । काठमाडौंमा अवतरणपछि सो विमान पुनः यात्रु लिएर पोखरा उडेको प्रवक्ता शेर्पाले जानकारी दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्