दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको छ : समाजवादीका नेता बिरोध खतिवडा

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेर बहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताएका छन्  ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताएका हुन्  ।

अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गरेका हुन्  । छलफल उनले यस बिषयमा सल्लाह भइरहेको बताएका हुन्  ।

त्यस्तै नेकपा समाजवादीका नेता बिरोध खतिवडाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी दिए । उनले अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

त्यस्तै जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राइले अहिले दलसम्बन्धी अध्यादेशको औचित्य समाप्त भएकाले अव फिर्ता लिनुपर्ने बताए । उनले एउटै दलमा बस्न नसक्नेलाई अन्य दलमा जाने बाटो खुलाउनका लागि अध्यादेश ल्याइएको र अव त्यसको आवश्यकता सकिएको बताए ।

उनले अव दलबिभाजनसम्बन्धी कानूनलाई निरन्तरता दिए दलभित्र बिकृति पैदा हुने धारणा राखे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्