अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउछ : कांग्रेस नेता रमेश लेखक

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले अब एक-दुई दिनभित्रै सरकारले पूर्णता पाउने स्पष्ट पारेका छन्  ।

सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको बताए ।

उनले छिटै मन्त्रिमण्डलले पूर्णता दिन छलफल भइरहेका जानकारी दिए । नेता लेखकले वर्तमान सरकारले सबैभन्दा प्राथमिकता दिएर कोभिड–१९ बाट नेपाली जनतालाई कोभिडको जोखिमबाट बचाउने प्रण लिएको र सोहीअनुसार काम गरिरहेको धारणा राखे । त्यस्तै, उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशनपनि सम्पन्न हुने दावी गरे ।

दशैंअघि नै ७७ वटै जिल्ला अधिवेशन सम्पन्न हुने लेखकको भनाई छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्