दाङमा विमानस्थल निर्माणका लागि ५५ लाख बजेट बिनियोजन

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि ५५ लाख बजेट बिनियोजन गरिएको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ ।

वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट बिनियोजन हुन सकेको थिएन । बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन ।

विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ । यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उहाँको भनाइ छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्