कांग्रेस बुटवलले बुझायो ध्यानाकर्षण पत्र

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पिडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार काँग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । नगर समितिले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ । काँग्रेसका नव निर्वाचित नगरसभापति पाण्डेले घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुको लागी केही राहत तथा पुनःस्थापना नगरेको भन्दै तत्काल राहतका कार्यक्रमहरु ल्याउन आग्रह गरे । उनले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । उहाँले जिल्ला प्रशासन कार्यालयले पहिरो तथा बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरिरहेको बताउदै दशै अघि नै राहत दिने गरी प्रदेश सरकारले तयारी थालेको बताए ।

भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहिन बनेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्