१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बिषयमा छलफल भएको छ : भीम रावल

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्यमा देखिएका समास्यालाई समाधान गर्ने बिषयमा छलफल गरेको छ ।

एमाले पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केहि बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अन्य बुँदाको कार्यान्वयन गर्ने बिषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

त्यस्तै बैठकमा बिधान महाधिवेशनमा हुने प्रतिनिधित्वका बिषयमा देखिएका समस्याहरुलाई समाधानका लागि छलफल भएको उनले बताए । बिधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त बिधि र संरचनागत समाधानका बिभिन्न उपायहरुमाथि छलफल भएको रावलले बताए ।

कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्