प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन्  । जितिया पर्वका अवसरमा आज एक सन्देश दिनहुँदै उहाँले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशष्ठि पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका हुन्  ।

सन्देशमा भनिएको छ, ‘‘हाम्रा संस्कृति र संस्कारहरुका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरु छन् । त्यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो । यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’’

प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्वलगायतका पर्वको विशिष्ठ महत्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिवद्ध रहेकोबताएका  छन्  । उनले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रहसमेत गरेका छन्  ।

फोटो : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्