प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारको छापा

Ad
  • कालोपाटी सम्बाददाता

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको  छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि भनेर ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा  भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

बुधबार आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्