राप्रपाको काठमाडौंमा बिरोध प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

एमसीसी खारेजी तथा महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले

अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै उनीहरुले महङ्गी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए । प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महंगी नियन्त्रण गर्नुपर्ने लगाएतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्