आइतबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक सूचना टासेर स्थगित गरिएको छ । आगामी आइतबारका लागि बोलाइएको बैठक बिहीबार सूचना टासेर स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिब भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित गरिएको जनाएका छन् । बैठक आगामी सोमबारका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद लगातार अवरोध गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने पहल गरे पनि एमाले भने बैठकमा उपस्थित भएन ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्