बिहीबार नेप्से परिसुचक घट्यो, ३ अर्ब ७० करोडभन्दा माथिको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र सेयर बजार उकालो लागेको थियो । बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो । आज २२५ कम्पनीका ७३,२१,०१४ कित्ता सेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्