नेपाल डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुने

Ad
  • कालोपाटी सम्बाददाता

सरकारले जेनेभामा आयोजना हुने डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रालयको टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले इन्टरपोलको ८९ औं महासभामा नेपालका तर्फबाट भाग लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले सहसचिव प्रा गोपाल प्रसाद सिग्देललाई राजपत्राकिंत बिशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय भएको कार्कीले बताए ।

बैठकले बिभिन्न मन्त्रालयका बिकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्