एमाले महाधिवेशन : राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा महाधिवेशन जारी रहेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शुक्रबारै ती दस्तावेजहरुमाथि छलफल गर्न समूह विभाजन गरिने जनाइएको छ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा धेरै प्रतिनिधिहरुले भाग लिएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्