नेत्र विक्रम चन्द (विप्लव) समूह को प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै नेकपा काठमाडौंले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर, झुठा मुद्धा खारेज गर लगाएका नारा लगाएका थिए ।

यस्तै सोमबार नै नेकपा महासचिव बिप्लवले बिज्ञप्ती जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गरेको उनले बताएका छन्  ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमति गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्