संसदलाई जीवन्त र जनमुखि बनाउन म प्रतिवद्ध छु : सभामुख अग्नि सापकोटा

Ad
  • कालोपाटी सम्बाददाता

सभामुख अग्नि सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन्  ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले सोमबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुख सापकोटाले संसद्को कार्यभार असामान्य र असाधारण रहेको भन्दैसंसदलाई जीवन्त र जनमुखि बनाउन आफु प्रतिवद्ध रहेको बताए ।

उनले आफ्नो सभामुखको पदलाई अन्याय हुन नदिने गरि कार्यसम्पादन गर्ने धारणा पनि राखे । सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाइ अघि बढाउने जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

२०७८ सालको विजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कर्मचारी युनियनले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्