बिद्युतिय राहदानीमा थप हुने सुरक्षा बिशेषतालाई स्वीकृत

Ad
  • कालोपाटी सम्बाददाता

सरकारले बिद्युतिय राहदानीमा थप हुने सुरक्षा बिशेषतालाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्र निवास बालुवाटारमा मंगलबार बसको मन्त्रिपरिषद् बैठकले बिद्युतिय राहदानीमा उल्लेख हुने सुरक्षा बिशेषता (सेक्युरिटिज् फिचर्स)लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । नेपाल प्रशासन सेवा तर्फ राजपत्राङ्कित बिशिष्ठ श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र बैदेशिक रोजगार न्यधिकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले ऋण असुलिकरणको कानुन सदस्य पदमा उपसचिव बिष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय भएको उहाले बताए ।

मन्त्रिपरिषद् बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्