टीकाको उत्तम साइत बिहान १० : ०२ बजे

Ad
  • कालोपाटी सम्बाददाता

देवी बिसर्जनसँगै आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउने तयारी भएको छ । विजयादशमीका दिन आज बिहान १० ः ०२ बजे टीका लगाउनका लागि शुभ रहेको समितिले जनाएको छ ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भएपनि राम्रो समयको साइत १० ः ०२ बजेको दिइएको उनले बताए । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १० ः ०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”–अध्यक्ष अधिकारीले भने  ।

समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्ति नभएसम्मका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन कुनै समस्या छैन ।

विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्