घरेलु हिंसा प्रभावित महिलालाई सेवा

Ad
  • कालोपाटी सम्बाददाता

खलङ्गा । यहाँस्थित आश्रय केन्द्रले घरेलु हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलालाई अल्पकालीन आश्रय प्रदान गरिराखेको छ । हालसम्म केन्द्रले सात सय १५ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ ।
केन्द्रले सरोकारवाला निकायका सहयोगमा मनोविमर्श केन्द्र, कानुनी सेवा, पारिवारिक पुनर्मिलन, अदालतमा मुद्दा दायर, स्वास्थ्य सेवा, वकालत पैरवी, तालिम गोष्ठी तथा अन्तरक्रियासमेत गर्दै आएको छ ।
लामो समयदेखि जोखिममा काम गरिरहेको केन्द्रले यस वर्ष आर्थिक सहयोग नहँुदा समस्यामा परेको जनाएको छ । अध्यक्ष भगवती श्रेष्ठले भन्नुभयो, “आश्रय केन्द्र सञ्चालन गर्न आर्थिक समस्या परेको छ । घरभाडा तिर्न समेत सकिएको छैन । ”यहाँका स्थानीय तहले सो केन्द्रको आर्थिक स्रोतमा प्रथामिकता नदिएका र अहिलेसम्म कर्मचारीले तलब नपाएका बताइएको छ । रु पाँच लाख प्रदेश सरकारबाट कार्यालयमा आएको सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कार्मा बुढाले स्थानीय सरकारले महिला र बालबालिका क्षेत्रमा खासै प्राथमिकता नदिएको गुनासो गर्दै यसमा सबै सचेत हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले लक्षित वर्गको संरक्षण र प्रवद्र्धन गर्नेदेखि बालविवाह न्यूनीकरण गर्ने विषयमा सरोकारवाला लाग्न जरुरी छ भन्नुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्