अपरिचित अनुहार’मा परम्परा र नविनता

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । आख्यानकार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा सङ्ग्रह ‘अपरिचित अनुहार’ परम्परा र नविनताको सेतु भएको वक्ताहरूले टिप्पणी गरेका छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित कृति परिचर्चा कार्यक्रममा वक्ताले कथा सङ्ग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार व्यक्त गर्नुभयो । नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त पौड्याललाई वर्तमान समयका सिर्जनशील, बुहआयामिकता भएको लेखकको रुपमा चर्चा गर्दै अपरिचित अनुहार परम्परा र नविनताको सेतु भएको टिप्पणी गनुभयो ।
समालोचक राजकुमार बानियाँले नेपाली लेखकहरू कथाको नाममा घटनाको मुचुल्का उठाउने वर्तमान समयमा पौड्यालले अपरिचित अनुहारमा त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्टि भित्रिएको बताउनुभयो ।
समवेदना र अनुभूतिको कथा लेख्न खप्पिस कथाकार पौड्यालको लेखनमा धेरै सरलता भएको उहाँले टिप्पणी गर्नुभयो । समीक्षक अशोक थापाले ‘महेश पौड्यालको व्यतिmगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने प्रवृत्ति जुन कथामा प्रयोग भएको छ, त्यो निकै प्रशंसनीय छ भन्नुभयो ।
कथाकार महेश पौड्यालले घटनाको मुचुल्का लेख्ने खतरा आफूमा पनि रहेको स्वीकार्दै सदासर्वदा म फरक हुँ भन्ने कुरा भनिरहुनुपर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताउनुभयो । शिखा बुक्सद्वारा प्रकाशित ‘अपरिचित अनुहार’मा १८ वटा कथा छन् । पुस्तकको मूल्य रु २७५ रहेको छ । पौड्यालको यसअघि ‘फुलेन गोदावरी’ कथा सङ्ग्रहलगायतका कृति प्रकाशनमा आइसकेका छन् । कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल, कोषाध्यक्ष अर्जुन अधिकारी र सचिव डा चैतन्य अधिकारी लगायतले बोल्नुभएको थियो ।
‘साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण’ भन्ने मूलनाराका साथ २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभइ देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४४ वर्षदेखि सक्रिय छ । –रसस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्