धादिङको धुनिबेशीमा ट्रकको ठक्करबाट युवकको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

धादिङ ।  धादिङको धुनिबेशीमा ट्रकको ठक्करबाट युवकको मृत्यु भएको छ । धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको सुरुङमार्गमा ट्रकको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बिहीबार बेलुकी सवा ८ बजे सुरुङमार्गमा ड्रम ट्रकले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय खानीखोलाले ट्रक चालक फरार छन् भनि जानकारि दिएको छ ।
ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्