कर्णालीका तिन मन्त्रीको पदावधि आज देखि सकिंदै

Ad
  • कालोपाटी सम्बाददाता

सुर्खेत । कर्णालीका तिन मन्त्रीको पदावधि आज देखि सकिंदै छ । कानूनी व्यवस्था अनुसार प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कारले गर्दा कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज सोमवार पदमुक्त हुँदै छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सांसदविनै मन्त्री बनेका आज स्वतः पदमुक्त हुन लागेका हुन् ।

तीनै जनाले वैशाख १५ गते पुर्ण गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा एकीकृत समाजवादी पार्टी का हुन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्