पर्सामा ५५ वर्षीय राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु

Death
Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । पर्सामा ५५ वर्षीय राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने मा मकवानपुर मनहरी गाउँपालिका ५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

उनलाई हात्तीले पर्साको पटेर्वासुगौली गाउँपालिका १ शीतलपुरस्थित खोलाको बगरमा आक्रमण गरेको थियो । कात्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

स्रोतका अनुसार मनहरीबाट चार जना जंगलको बाटो हुँदै पर्सा आइरहेका बेला जंगली हात्तीलाई देखेपछि उनीहरू भाग्ने क्रममा सोमबहादुर भाग्न नसकेपछि उनलाई हात्तीले आक्रमण गर्‍यो । तर अन्य व्यतिहरु भागेर घर पुगेका थिए । र भोलि पल्ट खोज्न गएपछि उनी खोलाको बगरमा मृत भेटिए । पुनः घर फर्केर गई उनीहरूले वडाध्यक्षमार्फत प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्