भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान

Ad
  • कालोपाटी सम्बाददाता

भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यानकाठमाडौँ , काठमाडौँ महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ ।

बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरु गरिएको हो । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो ।

स्थानीयवासीलाई आवश्यक परेका बेला खुला स्थानका रुपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो । वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौँ–१० का सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ । नदी किनारमा वाटिका निर्माणपछि वाग्मती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ । यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताउनुभयो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्