बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उहाँले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताउनुभयो । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।” न्यायपालिकालाई विवादमा मुछ्नु राम्रो नहुने उहाँका भनाइ थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्