आजको मौसम २०७८ कार्तिक १६ गते (मंगलबार)

Ad
  • कालोपाटी सम्बाददाता

हाल देशको पहाडी तथा हिमाली भू- भागमा आंशिक बदली रही बाँकी भू – भागको मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक १६ गते (मंगलबार)

दिउँसो :  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भू- भागमा आंशिक बदली रहने छ भने बाँकी भू(भागमा सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू- भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १७ गते ९ (बुधबार)

दिउँसो :  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू – भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू – भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू – भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू – भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १८ गते (बिहिबार)

दिउँसो :  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू- भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू- भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्