विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्रीबाट राजीनामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारको नेतृत्व गर्न पुगेका मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिए । भदौमा पार्टी विभाजनसँगै प्रदेश–१ मा एमाले सरकार अल्पमतमा परेको थियो । त्यही अवस्थामा सरकारको नेतृत्व गर्न पुगेका आचार्यले राजीनामा दिएका हुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार चितवन पुगेर आगामी चुनावबाट एकल बहुमत ल्याउने दावी गरिहँदा प्रदेश–१ का मुख्यमन्त्रीबाट भीम आचार्यले राजीनामा दिदै थिए ।
नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले आचार्यको राजीनामा लगत्तै बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका छन् । राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका ४९ सांसदको समर्थन छ । ९२ सदस्यीय प्रदेशसभामा यो संख्या बहुमत भएकाले राई मुख्यमन्त्री बन्ने निश्चित छ ।

एमालेले भने तीन दिनको फरकमा प्रदेश–१ र बागमती प्रदेश सरकार गुमाएको छ । १२ कात्तिकमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पदमुक्त भएकी थिइन् । शाक्यले पनि प्रदेशसभाको विश्वासको मत पाउने संभावना नरहेपछि राजीनामा दिएकी हुन् । शाक्यको राजीनामा लगत्तै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । पाण्डेलाई सत्तारुढ गठबन्धनका ५९ सांसदको समर्थन छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्