तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप निःशुल्क

कोभिड १९ भ्याक्सीन
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप निःशुल्क कार्यक्रम आज बाट सन्चालन गरेको छ । घर जाने यात्रुलाई काठमाडौंका चार स्थान कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप दिन सुरु गरिएको हो ।

खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्