भेढहा खोलामा पुल निर्माण सुरु

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ । प्रदेश नं २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को विनियोजित बजेटअन्तर्गत कूल रु एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन् । लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो ।

फरार चौधरी आठ वर्षपछि पक्राउ करिब आठ वर्षअघि अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई पर्सा प्रहरीको टोलीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–६ शङ्करसरैयाका ५६ वर्षीय प्रयाग चौधरी रहेका छन् ।

पर्सा प्रहरीको विशेष टोलीले महानगरीय प्रहरी अपराध माहाशाखा र महानगरीय प्रहरी वृत गौशाला, काठमाडौसँग समन्वय गरी चौधरीलाई  काठमाडौ महानगरपालिका–९ तिलगङ्गाबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार भारत, विहारको मुजफ्फरपुर मुसहरीका २० वर्षीय सञ्जयकुमार यादवलाई वीरगञ्ज महानगरपालिका–३२ बाट अपहरण गरी बन्धक बनाएको आरोपमा पर्सा जिल्ला अदालतले चौधरीलाई दोषि ठहर गरेको थियो । उनलाई अदालतले २०७० माघ ७ गते नौ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्