सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो ।

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ । सहकारीले गाछेपानीमा प्रशोधन केन्द्र निर्माण गर्ने र आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ९९ लाख २९ हजार तीन सयको लगानीमा प्रशोधन केन्द्र सञ्चालन हुनेछ । त्यसका लागि सहकारीले रु १९ लाख ४० हजार छ सय ४७ लगानी गर्र्नेछ भने राष्ट्रिय सहकारी बैङ्क दमौली शाखाले रु ३० लाख २४ हजार तीन ऋण लगानी गर्नेछ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले रु ४९ लाख ६४ हजार छ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति भएको छ ।

गुणस्तरीय दूध, दही, घ्यु, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ । कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बीमामा परियोजनाको सहयोग रहने सहकारीले जनाएको छ ।

शुक्लागण्डकी –१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारीले दुलेगौडाबाट सेवा कार्यालय सञ्चालन गरेको छ । विसं २०७४ मा स्थापित सहकारीमा दुई हजार चार सय ७५ शेयर सदस्य छन् । सहकारीले खैरेनीटार बजारमा पनि सेवा कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

किसानले गरेको उत्पादनलाई गुणस्तरीय र ब्राण्ड बनाएर बजारीकरणमा सहयोग पु¥याउन परियोजना सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सहकारीले पशुपालनका निम्ति कृषकलाई बिनाधितोमा कर्जा लगानी गर्दै आइरहेको छ । सहकारीमार्फत् ऋण लिएकाहरुले गाईभैसी फार्म सञ्चालन गरिरहेका छन् ।सहकारीले शुक्लागण्डकी नगरक्षेत्रका किसानले उत्पादन गरेको एक हजार दुई सय लिटर दूध दैनिक रुपमा बजारमा विक्रीवितरण गरिरहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्