क्षयरोग अन्त्यका लागि साझेदारी निर्देशिका तयार गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज । वीरगञ्जमा क्षयरोगअन्त्यका लागि सरकारी निजी साझेदारी निर्देशिका महानगरले तयार गरिरहेको छ । क्षयरोग अन्त्यका पब्लिक प्राइभेट मिक्स सरकारी निजी साझेदारी मोडल अपनाइने भएको छ ।

वीरगञ्जमा मंगलबार निर्देशिका तयारी गोष्ठीमार्फत सरोकारवालासँग छलफल गरिएको हो। छलफलमा क्षयरोग अन्त्यका लागि निजी साझेदारी कार्यान्वयन कसरी गर्ने संगठन संरचना कस्तो बनाउने भन्नेबारे छलफल भएको थियो ।

प्रारम्भिक अवस्थामा नै रोगको उचित निदान गरी क्षयरोग पत्ता लगाउने, चाँडोभन्दा चाँडो क्षयरोगको उपचार सुरु गर्ने र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको दरमा कमी ल्याउने लक्ष्य नेपाल सरकारको राष्ट्रिय रणनीतिक योजना ले निजी तथा सरकारी साझेदारीमार्फत राखिएको छ ।

क्षयरोगको जाँच र उपचार सरकारले निःशुल्क गर्ने गरेको छ । सरकारी र निजी क्षेत्र दुवै मिलेर ‘मिसिङ केस’ पत्ता लगाउन आवश्यक देखिएकोले निर्देशिका ल्याउन लागिएको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण महतोले बताए ।

निर्देशिकाको ड्राफ्ट तयार भएपछि अध्ययन गर्ने, आवश्यक परिमार्जनपछि कार्यपालिकामा पेस गरेर पारित गर्ने तयारी गरिएको छ । नारायणी अस्पतालका डाक्टर राम किशोर सिंहले जोखिम बढी हुने कारागारलगायत क्षेत्रमा स्क्रिनिङ गरेर क्षयरोगीको पहिचान गरी छुट्याउनुपर्नेमा जोड दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्