आगोलागी बाट चार करोडको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगोलागी बाट चार करोडको क्षतिको भएको छ । राति ८ बजेदेखि १२ बजेसम्म बुटवल उपमहानगरपालिका १५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार आगलागी भएको हो ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले बताए । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताए । उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्