आन्दोलनका कार्यक्रम फिर्ता

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको थिए । आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताउनुभयो । लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्